शुक्रबार, भदौ १९, २०८३

गाउँमा अस्पताल बन्याे तर, आउनै मान्दैनन् चिकित्सक

महाबु गाउँपालिकाले आवश्यक चिकित्सकसहित तीन स्वास्थ्यकर्मीका लागि दर्खास्त आह्वान गरे पनि चिकित्सक पदमा कसैले आवेदन नदिँदा अस्पताल सञ्चालन अन्याेलमा परेकाे छ। 
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

महाबु गाउँपालिकाले आवश्यक चिकित्सकसहित तीन स्वास्थ्यकर्मीका लागि दर्खास्त आह्वान गरे पनि चिकित्सक पदमा कसैले आवेदन नदिँदा अस्पताल सञ्चालन अन्याेलमा परेकाे छ।

दैलेख - महाबु गाउँपालिकामा अस्पताल निर्माणका बेला स्थानीयवासीका अनेकौं सपना थिए।

अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा राम्रो उपचार पाउने आश थियो महाबुका वासिन्दाको। गाउँपालिकामै १० श्ययाको अस्पताल बन्यो पनि। 

अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आवश्यक चिकित्सकसहित तीन स्वास्थ्यकर्मीको दर्खास्त आह्वान गर्‍यो। 

तर, अन्य दुई पदका लागि दर्खास्त परे पनि डाक्टरका लागि भने निवेदन परेन। 

डाक्टरको निवेदन नपरेपछि गाउँपालिकाले अन्य दुई पदका लागि परीक्षासमेत स्थगन गरेको छ।

चिकित्सकको दर्खास्त नपरेपछि महाबु अस्पताल सञ्चालन अन्योलमा छ। 

स्थानीयवासीको उपचार गराउने सपना अधुरै छ। ‘अस्पताल बनाउँदा हामी जति खुसी भएका थियौं, डाक्टर नआउने भनेपछि हामी त्यति नै दुःखी भएका छौँ। पैसा नहुँदा टाढा उपचार गर्न जान नसकिने, गाउँमै डाक्टर आएमा उपचार गरौँला भनेका थियौँ तर अझै समय कुर्नु पर्ने हो डाक्टरको मुख हेर्न’, स्थानीयवासी लवराज विकले भने। 

विक मात्र होइन, सोही गाउँपालिकाका अधिकांश स्थानीय बासिन्दाको सपना अधुरै छ। घरआँगनमै डाक्टर आउलान् र उपचार गरौँला भन्ने चाहना तत्कालका लागि पूरा नहुने भएको छ।

‘सरकारले जसरी पनि अस्पतालमा डाक्टर पठाउला भन्ने आशा गरेका छौँ’, स्थानीयवासी अमृत पाण्डेले भने। 

महाबु गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल तथा १० शय्या अस्पताल सञ्चालनका लागि २०७७ कात्तिक १८ गते चिकित्सकसहित तीन पदका लागि दर्खास्त आह्वान गरेको थियो।

करार नियुक्ति गर्ने गरी मेडिकल अधिकृत आठौँ तह, स्टाफ नर्स सहायक पाचौँ तह र हेल्थ असिस्टेन्ट सहायक पाँचौँ तहका लागि दर्खास्त आह्वान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले बताए। 

‘अधिकृतका लागि कुनै पनि निवेदन नपरेपछि अन्य पदको समेत छनोट गरिएको छैन’, अधिकृत मल्लले भने। स्टाफ नर्स र स्वास्थ्य सहायकमा भने केही निवेदन परेका छन्। 

अस्पतालमा आवश्यक सम्पूर्ण संरचना तयारी गरिएको अवस्थामा जनशक्ति अभाव हुँदा अस्पताल सञ्चालन गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताए।

‘अस्पतालका लागि चाहिने स्तरीय ल्याब, श्यया, उपकरण, भवनलगायतका सम्पूर्ण संरचना तयारी अवस्थामा छ। ‘मेडिकल अधिकृतका लागि उचित सेवा सुविधासहित अतिरिक्त भत्ताको व्यवस्था गर्दा समेत दर्खास्त परेन’, अध्यक्ष शाहीले थपे, ‘मेडिकल अधिकृतले पाउनुपर्ने सेवा सुविधा दिन तयार छौं।’ रासस

प्रकाशित: Feb 07, 2021| 07:07 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।