शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल–नेपाल पक्षीय अनेरास्ववियूले प्रधानमन्त्रीलाई विरोध-पत्र बुझाउने

दाहाल–नेपाल पक्षीय अनेरास्ववियूले प्रधानमन्त्रीलाई विरोध-पत्र बुझाउने

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल–नेपाल पक्षीय विद्यार्थी संगठन अनेरास्ववियूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल–नेपाल पक्षीय विद्यार्थी संगठन अनेरास्ववियूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम रहेको अनेरास्ववियूकी नेता आरती लामाले जानकारी दिइन्।

‘हाम्रो पूर्व निर्धारित कार्यक्रम बालुवाटारमा बुझाउने भन्ने थियो’, उनले भनिन्, ‘त्यो कार्यक्रममा केही हेरफेर गरेर दिउँसो २ बजे सिंहदरबार पुगेर विरोधपत्र बुझाउने तय भएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि दाहाल–नेपाल पक्षीय अनेरास्ववियू माउपार्टीसँगै आन्दोलनमा उत्रिएको छ। अनेरास्ववियूले प्रदर्शन, चक्काजाम, धर्ना र जुलुस गर्दै आएको छ।

प्रकाशित: Feb 07, 2021| 06:30 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।