शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सवारी लाइसेन्सको लिखित परीक्षा पास भए १८ महिनासम्म ट्रायल दिन पाइने

सवारी लाइसेन्सको लिखित परीक्षा पास भए १८ महिनासम्म ट्रायल दिन पाइने

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास गरेकाले अब १८ महिनासम्म ट्रायल (प्रयोगात्मक) परीक्षा दिन पाउने भएका छन्।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास गरेकाले अब १८ महिनासम्म ट्रायल (प्रयोगात्मक) परीक्षा दिन पाउने भएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता डा. लोकनाथ भुसालले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्।

लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीन पटक रि–ट्रायल परीक्षामा समावेश हुन पाउने नियम आइतबार परिवर्तन गरिएको विभागले जनाएको छ। 

‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्‍याएको हो’, विज्ञप्तिमा भनिएको छ।

सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजस्व तिर्नुपर्ने, राजस्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको हो।

No description available.

प्रकाशित: Feb 07, 2021| 13:21 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।