शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुखको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, अग्राधिकार दिने आदेश

सभामुखको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, अग्राधिकार दिने आदेश

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्का सम्बन्धमा सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
 |  आइतबार, माघ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०७७

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्का सम्बन्धमा सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले मुद्दालाई अग्राधिकार दिएर सुनुवाइ गर्न आदेश गरेको हो। 

शुक्रबार सभामुख सापकोटाले संवैधानिक परिषद्को‍ निर्णय, नियुक्ति, शपथलगायत सबै प्रक्रिया असंवैधानिक भएको भन्दै बदर गर्न माग गर्दै गरेर रिट दायर गरेका थिए। 

राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहित ३९ जनालाई विपक्षी बनाएर दायर गरिएको रिटमा अन्तरिम आदेश नदिएर सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश दिँदै मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो। 

मंसिर ३० गते नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर त्यही साँझ बसेको बैठकले विभिन्न संवैधानिक निकायमा पदाधिकारीहरु नियुक्तिको निर्णय गरेको थियो।

तर, उक्त निर्णय पुस ५ मा प्रतिनिधिसभाको विघटनपछि मात्रै सार्वजनिक भएको थियो। ४५ दिन कटेपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नै शपथ गरएका थिए।

प्रकाशित: Feb 07, 2021| 12:00 आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।