नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ। चितवनको सेभेन स्टार होटलमा बन्द सत्र सुरु हुनुअघि अध्यक्ष मण्डलको बैठक सुरु भएको एमालेकै एक नेताले जानकारी दिएका छन्।
नेकपा एमालेको बन्दसत्रस्थलमा ओली समूहका कार्यकर्ताले नाराबाजी गरेका छन्। बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र भर्खरै सुरु भएपछि बन्दसत्रस्थलमा ओली पक्षका कार्यकर्ताले नाराबाजी गरेका हुन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले बन्दसत्र स्थलमा नै नाराबाजी गरेका छन्। पार्टीमा सहमति हुनुपर्छ भन्दै कार्यकर्ताहरूले नाराबाजी गरेका हुन्।
शनिबार बिहानदेखि सर्वसम्मतिको प्रयासमा लागेका ओलीलाई वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले अडान राखेपछि सकस भएको थियो।
नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको रेसबाट ब्याक हुने संकेत गरेका छन्। उनले पार्टी एकता कायम हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताएका छन्।
विश्लेषक श्याम श्रेष्ठको भाषामा भन्ने हो भने बादललगायतका पूर्वमाओवादीबाट एमाले गएका नेताहरू ओलीको लाचार छाया बनिरहेका छन्। नेतृत्वमाथि प्रश्न गर्न त परको कुरा आफ्नै विषयमा पनि खुलेर बोल्न सकिरहेका छैनन्।
एमाले महाधिवेशनमा सर्वसम्मतिका लागि प्रयास गरिरहेका ओलीले सर्वसम्मतिको सूची तयार पार्न नै सकस भएपछि बन्द सत्र एक घण्टा पछि धकेलिएको हो। एमाले महाधिवेशनमा सर्वसम्मतिका लागि प्रयास गरिरहेका ओलीले सर्वसम्मतिको सूची...
नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीलाई चुनौती दिने घोषणा गरेका भीम रावललाई एक्ल्याइएको छ। उनलाई ओली समूहले सहमतिका लागि छलफलमा पनि बोलाएको छैन।
एमालेको १० औं महाधिवेशनको दोस्रो दिनको बन्द सत्र केहीबेरमा सुरु हुने बताइएको छ। एमाले नेता गोकुल बाँस्कोटाले बन्द सत्र आइतबार राति खाना खाएपछि सुरु हुने बताएका छन्।
ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका रावलका लागि भोट माग्ने कार्यकर्तामाथि पनि आइतबार बिहान दुर्व्यवहार गर्दे बन्द सत्र स्थलबाट बाहिर निकालिएको थियो।
रेग्मीले संस्थापन (शेरबहादुर देउवा) समूहका घनश्याम भण्डारीलाई ३७ मतान्तरले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्। रेग्मीले ७९१ मत ल्याएर विजयी भण्डारीले ७५४ मत प्राप्त ल्याए।
मतदान गरेर आफ्नो नेता छान्ने अपेक्षासहित चितवन पुगेका दुई हजार १७५ जनाको विवेकलाई पनि नारायणीमा नै बिर्सजन गरेर काठमाडौंमा फर्किने र विजयोत्सव मनाउने तयारीमा ओली लागिरहेकै छन्।
नेपाल बार एसोसिएसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशरे जबरामाथि महाअभियोग लगाउन भन्दै ध्यानाकर्षणपत्र बुझाएको छ।