बिहीबार, भदौ ४, २०८३

देउवालाई बिनाशर्त समर्थन : निधि

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई विमलेन्द्र निधिले पनि सघाउने भएका छन्।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं– नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई विमलेन्द्र निधिले पनि सघाउने भएका छन्। मध्यबानेश्वरस्थित निधि निवासमा भएको भेटपछि निधिले देउवालाई सहयोगको बचन दिएका हुन्।

निवासमा पुग्नुअघि देउवाले निधिलाई फोन गरेर सहयोगका लागि आग्रह गरेका थिए। ‘बिहानै फोन गर्नुभएको थियो सहयोगका लागि। म तपाईंप्रति सकारात्मक नै छु, साथीहरुसँग सल्लाह गरेर निर्णय लिन्छु भनें। त्यसपछि उहाँ मेरो घरमा आउनुभएको थियो। त्यसपछि मैले उहाँलाई सहयोग र समर्थन गर्ने जानकारी दिएँ। दोस्रो चरणको चुनावमा देउवालाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु,’ उनले भने।

कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएपछि देउवाले राजनीतिक छलफललाई तिव्रता दिएका छन्। आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवारहरूले बहुमत नपाएपछि पुनः मतदान हुने भएको छ।

कांग्रेस निर्वाचन समितिका अनुसार मतदान आज दिउँसो साढे तीन बजेदेखि हुने छ। सोमबार मतदान भएका तीन स्थानबाट नै मतदान हुने निर्वाचन समितिले जनाएको छ।

पहिलो चरणको मतदानमा शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाएपनि बुहमत पुर्‍याउन सकेनन्। कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो। जसमा देउवाले २२५८ मत मात्र पाएका थिए। उनलाई सभापति निर्वाचित हुन ८२ मत कम  परेको थियो। दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ। कोइरालाले १७४९ मत ल्याएका छन्।

प्रकाशित: Dec 14, 2021| 12:21 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...