धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
उनले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्। एमालेका पूर्वमन्त्रीसमेत रहेका थापा केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए। असन्तुष्टिका बीच मंगलबार बजेट पारित भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन्।
थापा एमालेबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को ख बाट निर्वाचित प्रदेश सांसद हुन्।