बुधबार, असोज २८, २०८३

गृहमन्त्री सुधन गुरुङ आज स्वदेश फर्किंदै

 |  बुधबार, असोज २८, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०८३

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ भारतको नयाँ दिल्लीमा आयोजित बिम्स्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी भएर आज स्वदेश फर्कने भएका छन्। 

दिल्लीस्थित नेपाली दूतावासका अनुसार मंगलबार बैठकलाई सम्बोधन गर्दै गुरुङले आतंकवाद र सीमापार अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका थिए। 

बैठकका क्रममा गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद् तयारी र प्रतिकार्यमा सहकार्य बढाउने विषयमा छलफल भएको दूतावासले जनाएको छ। भेटमा गुरुङले नेपालमा हालै आएको बाढीपहिरोपछि भारतले गरेको सहयोगप्रति धन्यवाद दिएका थिए। 

गुरुङ सोमबार भारत प्रस्थान गरेका थिए।

प्रकाशित: Oct 14, 2026| 09:19 बुधबार, असोज २८, २०८३
प्रतिक्रिया दिनुहोस्