बुधबार, असोज २८, २०८३

चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज हुँदै

 |  बुधबार, असोज २८, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०८३

काठमाडौं- संसदीय सुनुवाइ समितिले आज चार देशका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ गर्ने भएको छ।

समितिको कार्यसूचीअनुसार श्रीलंकाका लागि प्रस्तावित डा. मञ्चला कुमारी झा, मलेसियाका लागि प्रस्तावित चुडामणि खरेल, जापानका लागि प्रस्तावित ज्ञानकुमार थापा र साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिएको छ।

समितिले विभिन्न १३ मित्रराष्ट्रका लागि प्रस्तावित नेपाली राजदूतहरूको नियुक्तिका लागि उपयुक्तता वा अनुपयुक्ततासम्बन्धी निर्णय गरी सम्बन्धित निकायमा सिफारिस गर्ने कार्यसूचीसमेत राखेको छ।

संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ८: ३० बजे संघीय संसद् सचिवालय, सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ।

प्रकाशित: Oct 14, 2026| 06:51 बुधबार, असोज २८, २०८३
प्रतिक्रिया दिनुहोस्