बिहीबार, भदौ ४, २०८३

पार्टी विधान सच्याउन तयार भएपछि देउवालाई समर्थन गरेको हुँ : सिंह

शेरबहादुर देउवाले पार्टीमा रहेका कमीकमजोरी सच्याउने प्रतिबद्धता जनाएपछि आफूले सघाउने निर्णय गरेको नेता प्रकाशमान सिंहले बताएका छन्।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं– शेरबहादुर देउवाले पार्टीमा रहेका कमीकमजोरी सच्याउने प्रतिबद्धता जनाएपछि आफूले सघाउने निर्णय गरेको नेता प्रकाशमान सिंहले बताएका छन्। यस्तै सिंहले महाधिवेशन प्रतिनिधिको भावना पनि देउवाले नै चुनाव जितून् भन्ने भावना देखिएकाले आफूले आफ्नो टिमसँग सल्लाह गरेको सिंहको भनाइ छ।

प्रधानमन्त्री शेरबहादुर देउवा सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए। भेटपछि सिंहले पत्रकारहरूसँग भने, ‘अब दोस्रो चरणको निर्वाचनमा देउवालाई मेरो समर्थन रहनेछ।’ दोस्रो चरणको निर्वाचन आज दिउँसो साढे ३ बजेबाट सुरु हुँदैछ। 

सिंहले भने, ‘देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएको छ। उहाँले यस पटक मलाई हेल्प गर्नुस् भन्नुभयो। विधान संशोधनदेखि लिएर कमीकमजोरी सच्याइन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ।’ सिंहका अनुसार देउवाले पार्टीमा परिवर्तन गर्नुपर्ने कुरामा सहमति जनाएका छन्। 

प्रकाशित: Dec 14, 2021| 11:41 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...