पार्टीमा सबैलाई मिलाएर सर्वसम्मति हुने गरी नेता र पदाधिकारीमा नाम घोषणा गर्ने तयारी गरिएको छ। बन्द सत्रमा नाम घोषणा गरी तालि बजाएर पारित गराउने तयारी ओली पक्षको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका सभापति शेरबहादुर देउवाकै गृह जिल्लामा सिंगो जिल्ला समितिलाई बाहिर राखेर अधिवेशनको नाटक गरिएको बताएका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसको वर्तमान नेतृत्वले १६५ प्रतिनिधि सभा सिटमध्ये २३ सिटमा सीमित गरेकाले नेतृत्व फेर्नुपर्ने बताएका छन्।
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। सौराहको होटेल सेभेन स्टारमा बिहान १० बजेदेखि सुरु गर्ने भनिए पनि अहिलेसम्म बन्दसत्र सुरु हुन नसकेको हो।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आज भेटवार्ता भएको छ।