बिहीबार, भदौ ४, २०८३

३७७९ मत गन्दा देउवाले ल्याए १७९८, शेखरको कति?

सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइरालाले पछ्याइरहेका छन्।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ।

सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइरालाले पछ्याइरहेका छन्। 

निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार ७ सय ७९ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ७ सय ९८ मत प्राप्त गरेका छन्। कोइरालाले १ हजार ४ सय १३ मत पाएका छन्। यसैगरी, प्रकाशमान सिंहले २ सय ५७, विमलेन्द्र निधिले २ सय १ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन्। 

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो। नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ। 

प्रकाशित: Dec 14, 2021| 08:20 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...