बिहीबार, भदौ ४, २०८३

३२८२ मत गणना हुँदा देउवालाई १५५६, कोइरालालाई ११९७ मत

निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार २ सय८२ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ५ सय ५६ मत प्राप्त गरेका छन्।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ। सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइराला पछ्याइरहेका हुन्। 

निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार २ सय८२ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ५ सय ५६ मत प्राप्त गरेका छन्। कोइरालाले १ हजार १ सय ९७ मत पाएका छन्। यसैगरी, प्रकाशमान सिंहले २ सय ५७, विमलेन्द्र निधिले २ सय १ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन्। 

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो। नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ। 




प्रकाशित: Dec 14, 2021| 08:09 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...