बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी केन्द्र लुम्बिनीको सम्मेलन सकिँदा पनि नेतृत्व किन टुंगो लागेन?

माओवादी केन्द्र लुम्बिनीको सम्मेलन सकिँदा पनि नेतृत्व किन टुंगो लागेन?

नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेशको सम्मेलन सकिए पनि अझै नयाँ नेतृत्वको टुंगो लाग्न सकेको छैन।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

बुटवल- नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेशको सम्मेलन सकिए पनि अझै नयाँ नेतृत्वको टुंगो लाग्न सकेको छैन। २५३ सदस्यीय प्रदेश कमिटीका लागि सम्मेलनले २१७ जनाको नाम टुंगो लगाएको थियो।तर, बाँकी पदाधिकारीको विषयमा सहमति नजुट्दा नयाँ नेतृत्व नै चयन हुन सकेको छैन।

तीमध्ये ११ जना विभिन्न क्लस्टरका लागि छुट्टयाइएको माओवादी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए। ती ११ जना भने मनोनित गर्ने व्यवस्था छ। 

लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल र तुल्सीराम पुनले दाबी गरेका हुन्। बराल लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए। पुन भने पार्टीको दाङ जिल्ला संयोजक हुन्। यसअघि दावी गरेका प्रदेश सांसदद्वय दिपेन्द्र पुन र दावा शर्मा तथा नेता जगप्रसाद शर्मा र डोरप्रसाद उपाध्याय भने पछि हटेका छन्।

उपाध्यक्ष, सचिव लगायतका पदमा पनि सहमति जुट्न सकेको छैन।

प्रकाशित: Dec 14, 2021| 07:28 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...