काठमाडौं- नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ।
३२८२ मत गन्दा देउवाको पक्षमा ४७.४१ प्रतिशत मत खसेको छ। सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइरालाले पछ्याइरहेका छन्।
निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार २ सय८२ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ५ सय ५६ मत प्राप्त गरेका छन्। कोइरालाले १ हजार १ सय ९७ मत पाएका छन्। यसैगरी, प्रकाशमान सिंहले २ सय ५७, विमलेन्द्र निधिले २ सय १ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन्।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो। नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ।