बिहीबार, भदौ ४, २०८३

आज संसद बैठक, यस्तो छ कार्यसूची

संघीय संसद्का दुबै सदनको बैठक आज मंगलबार बस्दैछ।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- संघीय संसद्का दुबै सदनको बैठक आज मंगलबार बस्दैछ। सरकारको सिफारिसमा १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो २ बजे बस्नेगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी थिइन्। साेही अनुसार संसद सचिवालयले प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ। 

यस्तो छ सम्भावित कार्यसूची

सभामुखले सम्माननीय राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने। 

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने।

गृह मन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८’,  ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेस गर्ने। 

भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ पेस गर्ने। 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र  फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गर्ने।

प्रकाशित: Dec 14, 2021| 08:50 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...