बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पहिलो चरणमा विजयी भएनन् देउवा, दोस्रो चरणमा शेखरसँग प्रतिस्पर्धा हुने

पहिलो चरणमा विजयी भएनन् देउवा, दोस्रो चरणमा शेखरसँग प्रतिस्पर्धा हुने

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापतिको निर्वाचन दोस्रो चरणमा हुने भएको छ। पहिलो मतदानबाट सभापति पदको टुंगो लगाउन नसके‍पछि कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको हो।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापतिको निर्वाचन दोस्रो चरणमा हुने भएको छ। पहिलो मतदानबाट सभापति पदको टुंगो लगाउन नसके‍पछि कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको हो। 

केहिबेरअघि सार्वजनिक भएको मतपरिणाम अनुसार सभापति पदका पाँच उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवाले २२५८ मत मात्रै प्राप्त गरेका छन्।

राष्ट्रिय सभागृहमा सभापति पदको गणना गरिएकोमा देउवाले २२५८ उनका निकटतम प्रत्यासी शेखर कोइरालाले १७२९  मत प्राप्त गरेको निर्वाचन  समितिका सदस्य सदस्य तेज रावलले जानकारी दिए। 

निर्वाचन समितिका अनुसार सभापतिका प्रत्यासीहरू प्रकाशमान  सिंहले ३७१, बिमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत ल्याएका छन्। कांग्रेस निर्वाचन  समितिका अनुसार देउवालाई निर्वाचित हुन ८३ मत कम परेको छ। निर्वाचन समितिका अनुसार ७७ मत बदर भएका छन्। 

सोमबार बिहान करिब साढे ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सकिएको थियो। सुरुमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा तीन पटकसम्म समय थप गरी साढे ११ बजे मात्र मतदान सम्पन्न भएको थियो। कांग्रेस केन्द्रीय निर्वाचन समितिले राती १ बजेदेखि सभापति पदको मतगणना सुरु गरेको थियो।

कांग्रेस सभापतिसहित १३४ पदमा नयाँ नेतृत्व चयन हुनका लागि ४९१ उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार सभापति पदका लागि पाँच जना, उपसभापति (दुई) पदका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जना प्रतिस्पर्धामा छन्।

राष्ट्रिय सभागृहमा सभापति पदको उम्मेदवारको मात्र मत गणना भएकोमा बाँकी पदको गणना भने कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने छ। ८४ वटा मतपेटिका सानेपा पठाइएको छ। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता थिए। तीमध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। भने ६२ जना अनुपस्थित बनेका थिए।

प्रकाशित: Dec 14, 2021| 09:06 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...