नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थलमा उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सुरु भएको छ। केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय साढे ९ बजेसम्म तोकेको छ।
एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाहेकका १८ पदाधिकारीको नाम प्रस्ताव गरेका छन्। यसका साथै उनले आइतबार अबेर राति ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका थिए।
चितवनको सौराहाामा जारी नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा केपी शर्मा ओलीले आफूलाई अध्यक्षमा राख्दै सहमतिका लागि नयाँ नेतृत्वको नामावली घोषणा गर्दा भीम रावलले असमति जनाएका छन्।
संविधानमा सूचनाको हकको ग्यारेन्टी गरिए पनि प्रदेश २ को सरकारी कार्यालयमा सूचना पाउन अझै पनि सहज छैन। प्रदेशका मन्त्रालयदेखि त्यस मातहतका कार्यालयले सर्वसाधारण तथा सञ्चारकर्मीहरूलाई सूचना उपलब्ध गराउन आनाकानी गर्न...
नेकपा एमालेको १० औं महाधिवेशनमा अन्तत: मतदान हुने भएको छ। महाधिवेशन उद्घाटनको तेस्रो दिन निर्वाचन प्रक्रियालाई पूर्णता दिन भन्दै मतदाता नामावली प्रकाशन गरिएको छ।
सुवास नेम्वाङको पनि पार्टी वरिष्ठ उपाध्यक्षमा दाबी रहेकोमा अन्तिम समयमा उनलाई पाखा लगाउँदै ओलीले पोखरेललाई अगाडि सारेका छन्। नेम्वाङलाई भने उपाध्यक्षमा समेटेका छन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३०१ प्रस्तावित केन्द्रीय कमिटी सदस्यको नामबारे अध्यक्ष मण्डलमा छलफल गर्ने भए पछि उनी उक्त छलफलमा सहभागी हुन् गएका हुन्।