बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस सभापतिका लागि दोस्रो मतदान अन्तिम चरणमा, शेखरले भने– म जित्छु

कांग्रेस सभापतिका लागि दोस्रो मतदान अन्तिम चरणमा, शेखरले भने– म जित्छु

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो पटक भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं– नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो पटक भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ। दिउँसो साढे ३ बजे सुरु मतदान सुरु भएकोमा राति ९ बजेसम्ममा ४४ सयभन्दा बढी मतदाताले मतदान गरिसकेका छन्।

आजै राति १० बजेदेखि मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिको छ। सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवा र शेखर कोइराला छन्। 

यसैबीच, सभापतिका उम्मेदवार कोइरालाले दोस्रो चरणमा भएको मतदानबाट आफू विजयी हुनेमा विश्वस्त रहेको बताएका छन्। ‘मतदाताले मलाई जिताउन भोट हाल्नु भएको छ, मलाई विश्वास छ मैले सभापति जित्छु,’ मतगणनास्थल राष्ट्रिय सभागृहमा सञ्चारकर्मीहरुसँग कोइरालाले भने। यद्यपि उनले प्रतिनिधिहरुको फैसला जे आए पनि स्वीकार गर्ने बताए। 

मतदान सकिनै लाग्दा सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा भने मतदानस्थलबाट बाहिरिएका छन्। मतदान सुरु भएदेखि नै दुवैजना उम्मेदवार मतदातासँग भोट माग्न व्यस्त थिए।


प्रकाशित: Dec 14, 2021| 21:29 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...