बिहीबार, भदौ ४, २०८३

देउवासँग पद लिने सम्झौता भएको छैन : प्रकाशमान सिंह

देउवालाई समर्थन गर्ने निर्णय गरेपछि सिंहले पद लिने सम्झौता गरेको हुन सक्ने अनुमान सार्वजनिक भएका थिए। तर सिंहले कुनै पनि पद लिने सम्झौता नभएको दाबी गरेका हुन्।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले निशर्त रूपमा नै सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेको दाबी गरेका छन्। कांग्रेस सभापतिका लागि भएको पहिलो निर्वाचन प्रक्रियामा उम्मेदवार रहेका सिंहले दोस्रो चरणमा भने देउवालाई समर्थन गरेका हुन्। 

देउवालाई समर्थन गर्ने निर्णय गरेपछि सिंहले पद लिने सम्झौता गरेको हुन सक्ने अनुमान सार्वजनिक भएका थिए। तर सिंहले कुनै पनि पद लिने सम्झौता नभएको दाबी गरेका हुन्। 

'नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको  निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई निशर्त समर्थन गरेको हुँ l

निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केही अनलाइनमा आएका भ्रमपूर्ण समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,' सिंहको दाबी छl 

देउवाले आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकाले मात्र आफूले समर्थन गरेको उनले उल्लेख गरेका छन्। आफूले पद लिने सम्झौता गरी देउवालाई समर्थन गरेको भन्ने विषयलाई अनर्गल भ्रम प्रचार गरिएको उल्लेख गरेका छन्। 

सोमबार बिहान घोषित पहिलो चरणको मत परिणामअनुसार देउवाले सबैभन्दा बढी २२५८ मत ल्याएका थिए। उनले जितका लागि आवश्यक संख्या पुग्नका लागि ८३ मत पुर्‍याउन सकेनन्। निर्वाचनमा कुल ४६७९ मत खसेको थियो। 

सिंहले शेखर कोइरालाले १७२९ मत पाएका छन्। यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाएका थिए। कांग्रेस विधानमा सभापतिमा चयन हुनका लागि कम्तीमा पनि ५० प्रतिशत मत प्राप्त गरेकै हुनुपर्ने व्यवस्था छ। 

प्रकाशित: Dec 14, 2021| 19:55 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...