बिहीबार, भदौ ४, २०८३

३८१९ मतगणना गर्दा देउवा २२८८, शेखर १५०१

काठमाडौंको राष्ट्रिय सभागृहमा जारी नेपाली कांग्रेसको सभापति पदको मतगणनाको पछिल्लो परिणाम अनुसार शेरबहादुर देउवाले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- काठमाडौंको राष्ट्रिय सभागृहमा जारी नेपाली कांग्रेसको सभापति पदको मतगणनाको पछिल्लो परिणाम अनुसार शेरबहादुर देउवाले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।

निर्वाचन समितिले दिएको पछिल्लो अपडेट अनुसार ३८ सय १९ मत गणना हुँदा देउवाले २२ सय ८८ मत प्राप्त गरेका छन्। उनका प्रत्यासी शेखर कोइरालाले १५ सय १ मत ल्याएका छन्। अहिलेसम्म ३० मत बदर भएका छन्

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनअन्तर्गत सभापतिको मतगणाना भइरहेको हो।

पहिलो चरणमा सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ उम्मेदवार थिए। 

कूल मतको ५१ प्रतिशत मत कसैल ल्याउन नसकेपछि मंगलबार पुनः मतदान भएको हो।

प्रकाशित: Dec 15, 2021| 02:12 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...