काठमाडौं- सोमबार भएको मतदानमा प्रतिस्पर्धामध्ये कसैले पनि विधानअनुसार कम्तीमा ५० प्रतिशत मत ल्याउन नसकेपछि शीर्ष दुई उम्मेदवारबीच दोस्रो चरणको मतदान भइरहेको छ। दोस्रो चरणमा शेखर कोइराला र शेरबहादुर देउवा चुनावी मैदानमा छन् भने उनीहरूलाई प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।
सभापतिका प्रत्यासीहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पहिलो चरणमा आउट भएपछि शेरबहादुर देउवालाई समर्थन गरेका छन्।
मंगलबार मतदान सकिएपछि राती १० बजेदेखि गणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ। समितिले सभापतिको नतिजा सार्वजनिक गरेपछि बुधबार आराम गरेर बिहीबारदेखि अरु पदका मत गणना गर्नेछ।
सोमबार बिहान घोषित पहिलो चरणको मत परिणामअनुसार देउवाले सबैभन्दा बढी २२५८ मत ल्याएका थिए। उनले आवश्यक संख्या पुग्नका लागि ८३ मत पुर्याउन सकेनन्। निर्वाचनमा कुल ४६७९ मत खसेको थियो।
अर्का प्रतिस्पर्धा शेखर कोइरालाले १७२९ मत पाएका छन्। यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए। यी तीनैजनाको मत जोड्दा ६४३ मत हुन्छ। जितका लागि देउवालाई ८२ मत र कोइरालालाई करिब ६ सय मत चाहिन्छ।
यस्ता छन् दोस्रो चरणमा भइरहेको मतदानका दृश्य