बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशन : डेढ घण्टामा १ हजार मतदान

मतदानको कार्यक्रम समापन हुने बितिकै मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको डेढ घण्टामा १ हजार मत खसेको छ। पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारका पक्षमा ५० प्रतिशत नपुगेपछि दोस्रो चरणमा मतदान सुरु भएको डेढ घण्टामा १० हजार मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए। 

कांग्रेस विधानमा सभापति चयन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नु पर्ने व्यवस्था छ। दोस्रो चरणको मतदानका लागि दुई जना मात्र उम्मेदवार छन्। पहिलो चरणमा शीर्ष मत प्राप्त गर्नेहरू क्रमशः शेरबहादुर देउवा र डा शेखर कोइराला चुनावी मैदानमा छन्। 

पहिलो चरणबाट आउट भएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले वर्तमान सभापति देउवालाई नै दोहोर्‍याउनका लागि समर्थन गरेको बताएका छन्। डा शेखरलाई भने पहिलो चरणको भन्दा थप समर्थन प्राप्त भएको छैन। यद्यपि डा शेखरले अन्तरात्मालाई सोधेर मतदान गर्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन्। 

मतदानको कार्यक्रम समापन हुने बितिकै मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ। 

उपसभापतिसहित अन्य १३३ पदका लागि भएको मतदान सकिएपनि सभापतिको टुंगो नलगीसकेकाले गणना थालिएको छ। ती पदका लागि भएको मतपेटिका भने कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुर्‍याइएको छ। 

प्रकाशित: Dec 14, 2021| 17:21 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...