बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस सभापतिका लागि दोस्रो मतदान पनि सकियो, पहिलोमा भन्दा कम खस्यो मत

कांग्रेस सभापतिका लागि दोस्रो मतदान पनि सकियो, पहिलोमा भन्दा कम खस्यो मत

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा पुनः भएको मतदान भर्खरै सकिएको छ।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा पुनः भएको मतदान भर्खरै सकिएको छ। सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि मंगलबार पुनः मतदान भएको हो। 

दिउँसो ३ बजे सुरु भएको मतदान राति करिब १० बजे सकिएको हो। आजको ४ हजार ५६२ मत खसेको निर्वाचन समितिले जनाएको छ।

मतदान सकिएपछि अहिले राति नै मतगणना सुरु हुनेछ।

पहिलो मतदानमा मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए। सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए। 

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए। मतदानमा कुल ७६ मत बदर भएको थियो। कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ।

पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिन व्यवस्था छ। पुनः मतदान हुँदा भने बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुने कांग्रेस विधानमा उल्लेख छ। 


प्रकाशित: Dec 14, 2021| 21:53 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...