काठमाडौं– नेपाली कांग्रेसको सभापतिका लागि भइरहेको मतगणनामा शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार राति साढे १२ बजेसम्म १ हजार ९९ मत गणना हुँदा देउवाले ६३० मत प्राप्त गरेका छन्। सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ४४५ मत पाएका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहमा राति सवा ११ बजेदेखि मतगणना शुरु भएको हो। मंगलबार अपराह्न साढे ३ बजेबाट शुरु भएको मतदान राति साढे ९ बजेसम्म मतदान भएको थियो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ४ हजार ७४३ मतदातामध्ये ४ हजार ५६४ जनाले मतदान गरेका छन्।