बिहीबार, भदौ ४, २०८३

कांग्रेस सभापतिको नतिजा तीन घण्टामा आउने, तीन ठाउँमा गणना

नेपाली कांग्रेसको सभापतिका लागि मंगलबार भएको पुनः मतदानको गणना सुरु भएको छ।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं– नेपाली कांग्रेसको सभापतिका लागि मंगलबार भएको पुनः मतदानको गणना सुरु भएको छ। अपराह्न साढे ३ बजे सुरु भएको मतदान राति पौने १० बजे सकिएपछि अहिले राति ११ बजे गणना सुरु भएको हो।

राष्ट्रिय सभागृहका तीन स्थानमा मतगणना गर्न लागिएको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार गणना सुरु भएको करिब ३ घण्टामा अन्तिम नतिजा आउनेछ।

हिजो सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकोमा आज घटेर ४ हजार ५६२ मत खसेको निर्वाचन समितिले जनाएको छ। दोस्रो चरणको निर्वाचनमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ।

कांग्रेसमा ४ हजार ७४३ मतदाता थिए। सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको  मतदान भएको हो। 

प्रकाशित: Dec 14, 2021| 23:09 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...