बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशनमा अपांगले यसरी गरे मतदान [तस्बिर]

पार्टी सभापति चयनका लागि अपांगता भएका प्रतिनिधिहरु ह्विलचियर र लौरो टेकेर मतदान गर्न मतदानस्थल राष्ट्रियसभा गृह पुगेका छन्। उनीहरुलाई लाइन नलागी मतदान गर्ने व्यवस्था गरेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ। मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ। 

पार्टी सभापति चयनका लागि अपांगता भएका प्रतिनिधिहरु ह्विलचियर र लौरो टेकेर मतदान गर्न मतदानस्थल राष्ट्रियसभा गृह पुगेका थिए। उनीहरुलाई लाइन नलागी मतदान गर्ने व्यवस्था गरेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ। 

सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन्। पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए। 

प्रकाशित: Dec 14, 2021| 16:56 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...