बिहीबार, भदौ ४, २०८३

शेखरलाई मतदान गर्न गगन थापाको अपिल

कांग्रेस नेता गगन थापाले सभापतिमा हुने निर्वाचनमा शेखर कोइरालालाई मतदान गर्न अपिल गरेका छन्।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं– कांग्रेस नेता गगन थापाले सभापतिमा हुने निर्वाचनमा शेखर कोइरालालाई मतदान गर्न अपिल गरेका छन्। थापाले विज्ञप्तिमार्फत यस्तो अपिल गरेका हुन्। नेता थापा शेखर कोइराला प्यानलबाट महामन्त्रीका प्रत्यासी हुन्। 

कांग्रेस सभापतिका लागि सोमबार पहिलो चरणमा भएको मतदानमा कुनै उम्मेदवारले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुँदैछ। गगनले दाेस्रो चरणको निर्वाचनका लागि महाधिवेशनसँग अपिल जारी गर्दै भोट मागेका हुन्।

उनले भनेका छन्, ‘एकपटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजको बलिदान र भावी सन्ततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणका लागि शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन हार्दिक अपिल गर्दछु। 

उनले १४औं महाधिवेशनका क्रममा सोमबार सम्पन्न निर्वाचनमा प्रतिनिधिहरूले पार्टी रुपान्तरण र नेतृत्व परिवर्तनका पक्षमा देखाएको उत्साह र उपस्थितिले अब पार्टी नयाँ ढंगले अगाडि बढ्नुपर्छ भन्ने स्पष्ट संकेत गरिसकेको स्पष्ट पारेका छन्।

उनले भनेका छन्, ‘तपाईंहरुले पार्टी रुपान्तरणका लागि देखाउनुभएको यो अदम्य साहस र आँटको म खुलेर प्रशंसा गर्दछु। सभापति चयनका लागि दोस्रो चरणमा पुग्नु भनेको विद्यमान नेतृत्वको निरन्तरताका विपक्षमा तपाईको चाहना हो भन्ने म ठान्दछु।’ उनले अब त्यो चाहनालाई मतपत्रमार्फत प्रकट गर्ने क्षण आएको स्मरण गराएका छन्।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसको राजनीतिक जीवनमा यो अत्यन्त दुरगामी महत्त्वको निर्णय गर्ने क्षण हो। यस घडीमा इतिहासले हामीसँग त्यही असाधारण निर्णय लिन आव्हान गरिरहेको छ।’ उनले देशभर छरिएर रहेका कांग्रेसजन, शुभेच्छुक तथा आमजनताले त्यस्तो निर्णय लिनसक्ने क्षमता, साहस र त्यागको अपेक्षा गरिरहेका पनि बताएका छन्।

उनले प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भनेका छन्, ‘इतिहासको आव्हानलाई स्वीकार्दै आम अपेक्षा अनुरुप कांग्रेस पुनर्जागरण र रुपान्तरणको यात्रा यो महाधिवेशनबाट तय गर्न सक्नुपर्छ। त्यसको आरम्भ आज तपाईको मतमार्फत हुनेछ भन्नेमा म विश्वस्त छु।’

आजको गलत निर्णयले हामीले आगामी चार वर्ष मात्र होइन अझै लामो समय पछुताउने पर्नेछ। त्यसैले हामीलाई त्यो गल्ती गर्ने छुट किमार्थ छैन।
उनले महाधिवेशनलगत्तै तीन तहको निर्वाचनमा पार्टीले एक्लै जित्ने बनाउन लाखौं मतदातालाई आकर्षित गनुपर्ने जिम्मेवारी पूरा गर्न पनि नयाँ नेतृत्व आवश्यक रहेको औंल्याएका छन्। उनले संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा बदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य रहेको बताए।

गगनले प्रश्न गरेका छन्, 'के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका सम्भव होला त?’ उनले अहिले हामीसँग धेरै अलमल गर्ने समय नभएकालले तत्काल निर्णय गर्न पनि अपिल गरेका छन्। उनले अहिले अन्तरमनको आवाज सुनेर निर्णय गर्ने बेला आएको पनि बताए।

उनले भनका छन्, ‘विगतमा बीपी कोइरालाले अनेक पटक अन्तरमनको आवाज सुनेर यस्तै निर्णय गर्नुहुन्थ्यो, गणेशमान सिंह पनि त्यसको अपवाद हुनुहुन्थेन। आजको गलत निर्णयले हामीले आगामी चार वर्ष मात्र होइन अझै लामो समय पछुताउने पर्नेछ। त्यसैले हामीलाई त्यो गल्ती गर्ने छुट किमार्थ छैन।’

एकपटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरूको बलिदान र भावी संततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा. शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुनः हार्दिक अपिल गर्दछु।
समुन्नत नेपाल सम्मानित नेपालीको सपना पूरा गर्नका लागि चाहिने वैचारिक स्पष्टता, त्यसका लागि चाहिने सांगठनिक आधार र जुझारु नेतृत्व कांग्रेसले दिन सक्छ कि सक्दैन यो नै १४औं महाधिवेशनको मूल चुनौती रहेकाे उनकाे भनाइ छ। 'यो पटक हामी चुक्यौं र समयले सुम्पेको कार्यभारलाई हामीले आफ्नो कार्मद्वारा प्रमाणित गर्न सकेनौं भने इतिहासले हामीलाई क्षमा गर्ने छैन', उनले भनेका छन्।

उनले प्रतिनिधिहरूको एक भोट पनि मतदानको लाइनमा आउन नसकेका ती तमाम नेपालीको सपना र आशासँग जोडिएको  बताएका छन्। प्रतिनिधिहरूलाई सम्बोधन गर्दै गगनले भनेका छन्, ‘तपाईंको विवेकपूर्ण एक मत हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने प्रस्थानबिन्दु हुनेछ। एकपटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरूको बलिदान र भावी संततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा. शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुनः हार्दिक अपिल गर्दछु।' 

प्रकाशित: Dec 14, 2021| 15:06 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...