बिहीबार, भदौ ४, २०८३

कांग्रेस सभापतिको मतगणना राती १० बजेदेखि

नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदान मंगलबार राती १० बजेदेखि सुरु हुने भएको छ।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदान मंगलबार राती १० बजेदेखि सुरु हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य ए‍गराज पोखरेलले राती १० बजेदेखि सभापतिको मतगणना सुरु गरिने जानकारी दिएका हुन्। 

उनका अनुसार सभापतिको मतगणना सकिएपछि एक दिन निर्वाचन समितिले आराम गरेर बिहीबारदेखि मात्रै मतगणना सुरु गर्ने योजना बनाएको छ। मतदान भएपनि निर्वाचन समितिका सदस्य, उम्मेदवार र उनीहरूका प्रतिनिधिलेलगायतले आराम नपाएकाले उनीहरूको आरामका लागि समय छुट्याइएको उनको भनाइ छ। 

राष्ट्रिय सभागृहमा दोस्रो चरण मतदानको मतगणना हुने भएपनि बाँकी पदको गणना भने पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालामा मात्र उम्मेदवार छन्। प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पहिलो चरणमा आउट भएका छन्। 

कांग्रेस विधानमा सभापति चयन हुनका लागि कम्तीमा पनि ५० प्रतिशत मत प्राप्त गरेकै हुनुपर्ने व्यवस्था छ। 

प्रकाशित: Dec 14, 2021| 18:38 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...