काठमाडौं- नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ। सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइराला पछ्याइरहेका हुन्।
निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार १ सय ८१ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ५ सय ६ मत प्राप्त गरेका छन्। कोइरालाले १ हजार १ सय ७८ मत पाएका छन्। यसैगरी, प्रकाशमान सिंहले २ सय ५४, विमलेन्द्र निधिले १ सय ७३ र कल्याण गुरुङले १५ मत मात्र प्राप्त गरेका छन्।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो।नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ।