बिहीबार, भदौ ४, २०८३

प्रकाशमानलाई भेट्न पुगे बालकृष्ण खाण

सभापतिका लागि पहिलो चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर कोइरालाबीच चुनाव हुने भएपछि गृहमन्त्रीसमेत रहेका खाण सिंहलाई भेट्न पुगेका हुन्।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसको २४औं महाधिवेशनमा सभापति पदको नतिजामा शेरबहादुर देउवाले बहमुत पुर्‍याउन नसकेपछि उनका निकटस्थ नेता बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न चाकस्सीबारी पुगेका छन्।

सभापतिका लागि पहिलो चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर कोइरालाबीच चुनाव हुने भएपछि गृहमन्त्रीसमेत रहेका खाण सिंहलाई भेट्न पुगेका हुन्। सिंह पनि सभापतिको दौडमा थिए। तर, उनी पहिलो चरणबाट बाहिरिएका छन्।

खाण देउवा प्यानलबाट उपसभापतिका उम्मेदवार हुन्। सभापतिबाहेक पदाधिकारीको मतगणना बाँकी रहेको छ।

प्रकाशित: Dec 14, 2021| 09:28 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...