काठमाडौं- नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ।
सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइरालाले पछ्याइरहेका छन्।
निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार ९ सय ७७ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ९ सय मत प्राप्त गरेका छन्। कोइरालाले १ हजार ४ सय ६७ मत पाएका छन्। यसैगरी, प्रकाशमान सिंहले २ सय ९६, विमलेन्द्र निधिले २ सय ३० र कल्याण गुरुङले २० मत मात्र प्राप्त गरेका छन्।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो। नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ।