बिहीबार, भदौ ४, २०८३

दोस्रो चरणका लागि दौडधुपमा देउवा

नेपाली कांग्रेसको सभापतिका लागि हिजो सोमबार भएको मतदानमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ। आज दिउँसो साढे ३ बजेदेखि मतदान हुने तय भएको छ।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं– नेपाली कांग्रेसको सभापतिका लागि हिजो सोमबार भएको मतदानमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ। आज दिउँसो साढे ३ बजेदेखि मतदान हुने तय भएको छ।

पहिलो चरणबाट तीनजना उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ बाहिरिएपछि दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ। 

पहिलो चरणमा देउवाले २२ सय ५८ ल्याए भने कोइरालाले १७ सय २९ मत प्राप्त गरे। अर्थात् देउवाले ४८.२३ र कोइरालाले ३६.९३ प्रतिशत मत प्राप्त गरे।

दोस्रो चरणमा मतदान हुने भएपछि दुवै उम्मेदवारले भेटघाट तीव्र बनाएका छन्। खासगरी देउवाको सक्रियता बढी देखिएको छ। मत परिणाम आएलगत्तै उनको सक्रियता बढेको थियो। देउवाले सुरुमा गृहमन्त्री बालकृष्ण खाणमार्फत सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएका प्रकाशमान सिंहलाई सन्देश पठाए। । त्यसपछि सिंहको निवास चाक्सीबारी पुगे। उनी जानुभन्दा अघि नै शेखर कोइराला चाक्सीबारी पुगिसकेका थिए। 

दोस्रो चरणमा निर्वाचन हुने भएपछि देउवा र कोइराला दुवैको नजर चाक्सीबारीतिर केन्द्रित भएको छ। प्रकाशमानले ३७१ मत ल्याएका थिए। 

उता, वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहानै लैनचौरमा आयोजना गरेको चियापान कार्यक्रममा पनि पुगे देउवा। पौडेलले देशभरबाट आएका कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि चियापान आयोजना गरेका थिए। सभापतिका मतदाता पनि तिनै हुन्।

सिंहसँग छलफल गरेर पौडेलको चियापानमा पुगेका देउवा त्यसपछि सभापतिको दौडबाट बाहिरिएका अर्का उम्मेदवार विमलेन्द्र निधिकहाँ पुगेका छन्। निधिले २४९ मत ल्याएका थिए। 


प्रकाशित: Dec 14, 2021| 11:32 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...