काठमाडौं– प्रकाशनमान सिंह नेपाली कांग्रेसको सभापति निर्वाचनका लागि अर्का नेता शेखर कोइराला र शेरबहादुर देउवाको आशाको केन्द्र बनेका छन्। पार्टी सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि सभापतिका उम्मेदवार शेखर कोइरालाले अर्का उम्मेदवार प्रकाशमान सिंहसँग भेट गरेका छन्। यस्तै देउवाले पनि प्रकाशमानलाई भेट्न आफ्ना दूत पठाएका छन्।
सभापतिका लागि दोस्रो चरणका लागि देउवा र शेखर कोइरालाबीच चुनाव हुने भएपछि दुवै नेताले प्रकाशमानको साथ खोजेका हुन्। सिंहले ३७१ पाएका छन्। सभापतिका लागि देउवालाई ८३ मत चाहिन्छ।
कोइराला मंगलबार बिहान सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए। अब देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ। यस्तोमा पहिलो चरणको निर्वाचनमा तेस्रो र चौथो भएका सिंह र विमलेन्द्र निधि निर्णायक बन्ने देखिएका छन्। पहिलो चरणमा देउवा र कोइरालाबीच ५५६ को मतान्तर छ।