बिहीबार, भदौ ४, २०८३

रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा पुगे देउवा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार चियापान आयोजना गरेका छन्।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार चियापान आयोजना गरेका छन्। उनले कांग्रेस महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिका लागि चियापान आयोजना गरेका हुन्। लैनचौरस्थित एउटा पार्टी प्यालेसमा आयोजना भइरहेको चियापानमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि पुगेका छन्। 

कांग्रेस महाधिवेशनमा सभापति पदको निर्वाचन लम्बिएको छ। सभापतिका लागि देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएपछि दुवै नेता आफ्नो पक्षमा मत माग्न सक्रिय भएका छन्। देउवाले प्रकाशमान सिंहसँग साथ मागेका छन्।

यसका लागि उनले आफू निकट नेता बालकृष्ण खाँडलाई सिंह निवास चाक्सीबारीमा पठाएका छन्। उता कोइराला पक्षले पनि भेटघाट तीव्र बनाएको छ। सभापतिका लागि भएको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ। सोमबार बिहान घोषित मत परिणामअनुसार देउवाले सबैभन्दा बढी २२५८ मत ल्याएका छन्। उनले ८३ मत पुर्‍याउन नसक्दा निर्वाचन हुन लागेको हो। निर्वाचनमा कुल ४६७९ मत खसेको थियो। 

अर्का प्रतिस्पर्धा शेखर कोइरालाले १७२९ मत पाएका छन्। यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए।  यी तीनैजनाको मत जोड्दा ६४३ मत हुन्छ। जितका लागि देउवालाई ८२ मत र कोइरालालाई करिब ६ सय मत चाहिन्छ।

अब देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ। यस्तोमा पहिलो चरणको निर्वाचनमा तेस्रो र चौथो भएका सिंह र निधि  निर्णायक बन्ने देखिएका छन्। पहिलो चरणमा देउवा र कोइरालाबीच ५५६ को मतान्तर छ।

अघिल्लो महाधिवेशनमा के भएको थियो?

२०७२ फागुनमा भएको कांग्रेसको तेह्रौं महाधिवेशनमा पहिलो चरणबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी नल्याएपछि दोस्रो चरणबाट सभापति चयन भएको थियो। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदा तेस्रो भएका कृष्णप्रसाद सिटौलाको समूह निर्णायक बन्यो।

दोस्रो चरणमा सिटौला पक्षको समर्थन देउवाले प्राप्त गरे र सभापतिमा निर्वाचित भए। तेह्रौँ महाधिवेशनको दोस्रो चरणमा देउवाले १,८२२ मत प्राप्त गर्दा पौडेलले १,२९६ मत ल्याएका थिए।

त्यसबेला ३१४८ मत खस्दा पहिलो चरणमा देउवाले ११ भोटले बहुमत पुर्‍याउन सकेका थिएनन् । देउवाले १५६४, पौडेलले ११६० र सिटौलाले ३२४ भोट पाएका थिए। सभापति जित्नका लागि १५७५ मत चाहिन्थ्यो। देउवाले दोस्रो चरणमा सिटौलालाई आफ्नो पक्षमा पारेपछि उनी कांग्रेसको सभापतिमा चुनिएका थिए।

प्रकाशित: Dec 14, 2021| 10:35 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...