बिहीबार, भदौ ४, २०८३

दोस्रो चरणमा अन्तरआत्मालाई सुनेर मतदान गर्नुस् : कोइराला

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले अन्तरआत्मालाई सुनेर मतदान गर्न आग्रह गरेका छन्।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं– नेपाली कांग्रेसको सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले अन्तरआत्मालाई सुनेर मतदान गर्न आग्रह गरेका छन्।

दोस्रो चरणको निर्वाचन हुनुअघि पत्रकार सम्मेलन आयोजना गरेका कोइरालाले देश र जनताको हितका लागि सोचेर मत दिन प्रतिनिधिहरुलाई आग्रह गरे। भने, ‘अन्तरआत्माले के भन्छ त्यो कुरा भोटमा प्रतिबिम्बित गर्नुस्।’

कांग्रेसमा अव्यवस्थाको चाङ लागेको बताउँदै उनले आफू कांग्रेसमा सुधार गर्ने प्रतिज्ञाका साथ नेतृत्वका लागि मैदानमा उत्रेको सुनाए। भने, ‘कांग्रेस कति अव्यवस्थित छ भन्ने कुरा त हिजोको चुनावमा पनि देखिहाल्नुभो। कांग्रेसमा अव्यवस्थाको चाङ लागेको छ। म केही वर्षदेखि रुपान्तरण र पुनर्जागरणको कुरा गरिरहेको छु, त्यसलाई तार्किक निष्कर्षमा पुर्याउँछु।’

देश, जनता, लोकतन्त्रको सुनिशित भविष्य र आउने पुस्ताको सुखद् भविष्यका लागि आफ्नो जीवन समर्पण गर्ने उनले सुनाए। निर्वाचनबाट जे परिणाम आए पनि त्यसलाई सहर्ष स्वीकार गर्ने र कांग्रेसभित्र बृहत्तर एकताको प्रयास जारी राख्ने उनले बताए। यद्यपि, कोइरालाले आफू विजयी हुनेमा विश्वस्त रहेको भन्न पनि छुटाएनन्।

चुनावको मुखमा विवादास्पाद कुरा नउठाउन पत्रकारहरुलाई आग्रह गरेका कोइरालाले भने, ‘आन्तरिक प्रतिस्पर्धा हो, कसले कसलाई समर्थन गर्यो भन्ने कुराको अर्थ रहँदैन। शशांक र रामचन्द्रजीको मलाई आशिर्वाद छ।’

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको निर्वाचन आज मंगलबार अपराह्न साढे ३ बजे हुँदैछ। पहिलो चरणमा भएको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका पाँच जनामध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको निर्वाचन गर्न लागिएको हो। सोमबार बिहान घोषित मत परिणामअनुसार देउवाले सबैभन्दा बढी २२ सय ५८ मत ल्याएका छन्। उनले ८३ मत पुर्‍याउन नसक्दा निर्वाचन हुन लागेको हो। निर्वाचनमा कुल ४६ सय ७९ मत खसेको थियो। 

अर्का प्रतिस्पर्धा शेखर कोइरालाले १७ सय २९ मत पाएका छन्। यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए। 

प्रकाशित: Dec 14, 2021| 13:59 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...