बिहीबार, भदौ ४, २०८३

प्रकाशमानको साथ देउवालाई

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई सघाउने बताएका छन्।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई सघाउने बताएका छन्। आफूहरूले नेतृत्व परिवर्तन हुनुपर्छ भनेको भए पनि महाधिवेशन प्रतिनिधिको चाहनालाई मध्यनजर गर्दै आफूहरूले शेरबहादुर देउवालाई समर्थन गर्ने नेता  सिंहले बताएका छन्।

'यसपटक नेतृत्व परिवर्तन गर्ने भनेर आफूले उम्मेदवारी दिए पनि पहिलो चरणमा कसैले जित्न नसकेको र देशभरका प्रतिनिधिको भावना एकपटक फेरि देउवालाई नै सभापति बनाउने भएकाले सुजाता कोइराला, विश्वप्रकास शर्मासँगको छलफलमा अब हुने दोस्रो चरणको निर्वाचनमा देउवालाई नै समर्थन गर्ने निर्णय भएको छ,' उनले भने। 

पहिलो चरणको निर्वाचनबाट सभापतिमा पाँच जना प्रत्यासी रहेकोमा कसैले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा देउवा र कोइरालाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। सोही क्रममा देउवा र कोइरालाले दौडधुप सुरु गरेका छन्।

कांग्रेस निर्वाचन  समितिका अनुसार मतदान आज दिउँसो साढे तीन बजेदेखि हुने छ। सोमबार मतदान भएका तीन  स्थानबाट नै मतदान हुने निर्वाचन समितिले जनाएको छ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो। जसमा देउवाले २२५८ मत मात्र पाएका थिए। उनलाई सभापति निर्वाचित हुन ८२ मत कम  परेको थियो। कोइरालाले १७४९ मत ल्याएका छन्।

प्रकाशित: Dec 14, 2021| 11:32 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...