बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवालाई सहयोग गर्ने प्रकाशमानको निर्णयमा विश्वप्रकाश शर्माको समर्थन

देउवालाई सहयोग गर्ने प्रकाशमानको निर्णयमा विश्वप्रकाश शर्माको समर्थन

मंगलबार बिहान चाक्सीबारीमा भएको भेटवार्तामा सभापतिको निर्वाचनमा सिंहले देउवालाई समर्थन गर्ने सहमति भएको हो। शर्मा सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन्।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सहयोग गर्ने निर्णयप्रति विश्वप्रकाश शर्माले समर्थन जनाएका छन्। 

मंगलबार बिहान चाक्सीबारीमा भएको भेटवार्तामा सभापतिको निर्वाचनमा सिंहले देउवालाई समर्थन गर्ने सहमति भएको हो। शर्मा सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन्।

‘सर्वसम्मति सर्वोत्तम! दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु- नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ। पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो। सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु,’ शर्माले ट्विटमार्फत भनेका छन्।

प्रकाशित: Dec 14, 2021| 12:01 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...