बिहीबार, भदौ ४, २०८३

देउवाले साथ पाउलान् त सिंहको

कांग्रेसका एक नेता भन्छन्, ‘शेखर र प्रकाशमानबीच पनि कार्यगत एकता हुन सक्छ। नेपाली कांग्रेसको नेतृत्व दोस्रो पुस्तामा आउने उचित समय यही हो।’
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं– कांग्रेस सभापति चयनका लागि पहिलो चरणको निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवाले तेस्रो स्थानमा रहेका प्रकाशमान सिंहको साथ खोजेका छन्।

कुनै बेला आफ्नै समूहमा रहेका देउवाले फेरि एकपटक सिंहसँग सहयोगको हात पसारेका छन्। सोही क्रममा आफू निकटका बालकृष्ण खाँडलाई प्रकाशमान सिंहसँग भेट गर्न चाक्सीबारी पठाएका छन्। 

सभापतिका लागि पहिलो चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर कोइरालाबीच चुनाव हुने भएपछि देउवाले सिंहको साथ खोजेका हुन्। खाँड देउवा प्यानलबाट उपसभापतिका उम्मेदवार हुन्। सिंहले ३७१ पाएका छन्। सभापतिका लागि देउवालाई ८३ मत चाहिन्छ। 

देउवाले सिंहको साथ खोजे पनि सिंहले उनलाई सजिलै पत्याउने अवस्था छैन। विगतमा सिंह र निधिबीच मिलेर जाने वा एक्लाएक्लै लड्ने भन्ने विषयमा पटक-पटक लन्च मिटिङ हुँदै आएको थियो। त्यसमा कोइराला परिवारका तर्फबाट महामन्त्री शशांक कोइरालाले साथ दिँदै आएका थिए। यद्यपि अहिले शशांक कतै खुलेका छैनन्। कांग्रेसका एक नेता भन्छन्, ‘शेखर र प्रकाशमानबीच पनि कार्यगत एकता हुन सक्छ। नेपाली कांग्रेसको नेतृत्व दोस्रो पुस्तामा आउने उचित समय यही हो।’ 

विगतमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह एउटै खेमामा थिए। तर, पछि कांग्रेस प्रजातान्त्रिक छाडेर सिंह कांग्रेसमै फर्के र कोइराला गुटमा सामेल भए। सिंह पछि पौडेल समूहमा लागे। केही समयअघिसम्म चाक्सीबारीमा पौडेल समूहको भेला भइरहन्थ्यो। तर, सिंहले १४औं महाधिवेशनमा पौडेल समूहको साथ बिना सभापतिमा उम्मेदवारी दिएका हुन्। सभापतिमा उठ्नुअघि नेता सिंह र सभापति देउवाबीच सम्बन्ध सुधार हुँदै गएको थियो। सिंहको बालुवाटार आउजाउ बाक्लिएको थियो। 

पहिलो चरणमा कोइरालाले १७२९ मत पाएका छन्। यस्तै  विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए। यी तीनैजनाको मत जोड्दा ६४३ मत हुन्छ। जितका लागि देउवालाई ८२ मत र कोइरालालाई करिब ६ सय मत चाहिन्छ।

अब देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ। यस्तोमा पहिलो चरणको निर्वाचनमा तेस्रो र चौथो भएका सिंह र निधि  निर्णायक बन्ने देखिएका छन्। पहिलो चरणमा देउवा र कोइरालाबीच ५५६ को मतान्तर छ।


अघिल्लो महाधिवेशनमा के भएको थियो?

२०७२ फागुनमा भएको कांग्रेसको तेह्रौं महाधिवेशनमा पहिलो चरणबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी नल्याएपछि दोस्रो चरणबाट सभापति चयन भएको थियो। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदा तेस्रो भएका कृष्णप्रसाद सिटौलाको समूह निर्णायक बन्यो।

दोस्रो चरणमा सिटौला पक्षको समर्थन देउवाले प्राप्त गरे र सभापतिमा निर्वाचित भए। तेह्रौँ महाधिवेशनको दोस्रो चरणमा देउवाले १,८२२ मत प्राप्त गर्दा पौडेलले १,२९६ मत ल्याएका थिए।

त्यसबेला ३१४८ मत खस्दा पहिलो चरणमा देउवाले ११ भोटले बहुमत पुर्‍याउन सकेका थिएनन्। देउवाले १५६४, पौडेलले ११६० र सिटौलाले ३२४ भोट पाएका थिए। सभापति जित्नका लागि १५७५ मत चाहिन्थ्यो। देउवाले दोस्रो चरणमा सिटौलालाई आफ्नो पक्षमा पारेपछि उनी कांग्रेसको सभापतिमा चुनिएका थिए।

प्रकाशित: Dec 14, 2021| 10:26 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...