बिहीबार, भदौ ४, २०८३

निधिलाई कोइरालाले आग्रह गरे- मलाई सघाइदिनुस्

नेपाली कांग्रेस सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले विमलेन्द्र निधिलाई टेलफोन गरेर आफूलाई सघाउन आग्रह गरेका छन्।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- नेपाली कांग्रेस सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले विमलेन्द्र निधिलाई टेलफोन गरेर आफूलाई सघाउन आग्रह गरेका छन्।

पहिलो चरणको निर्वाचनबाट सभापतिमा पाँच जना प्रत्यासी रहेकोमा कसैले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा देउवा र कोइरालाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। सोही क्रममा देउवा र कोइरालाले दौडधुप सुरु गरेका छन्।

आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवारहरूले बहुमत नपाएपछि पुनः मतदान हुने भएको हो।

कांग्रेस निर्वाचन  समितिका अनुसार मतदान आज दिउँसो साढे तीन बजेदेखि हुने छ। सोमबार मतदान भएका तीन  स्थानबाट नै मतदान हुने निर्वाचन समितिले जनाएको छ।

पहिलो चरणको मतदानमा शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाएपनि बुहमत पुर्‍याउन सकेनन्। कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो। जसमा देउवाले २२५८ मत मात्र पाएका थिए। उनलाई सभापति निर्वाचित हुन ८२ मत कम  परेको थियो। कोइरालाले १७४९ मत ल्याएका छन्।

प्रकाशित: Dec 14, 2021| 11:21 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...