काठमाडौं– नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी कल्याणकुमार गुरुङले पनि सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।
सभापतिको दोस्रो चरणको मतदानमा आफूले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिए। ‘अहिले हामी सबै साथीभाइ सँगै छौं। प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि सभापतिज्यूलाई समर्थन गर्ने निर्णय गर्नुभएछ। त्यसैले हामीले पनि दोस्रो चरणको मतदानमा देउवालाई नै समर्थन गर्ने निर्णय भएको छ,’ गुरुङले भने। उनले सभापतिको निर्वाचनमा २२ मत प्राप्त गरेका थिए।
दोस्रो चरणको मतदानमा देउवालाई सघाउने निर्णय प्रकाशमान सिंह र विमलेन्द्र निधिले गरिसकेका छन्।