कांग्रेसले तल्ला तहका समितिहरुलाई उम्मेदवारहरुको नाम सिफारिस गर्दा ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ सिफारिस नगर्न निर्देशन दिएको छ।
गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले आउँदो निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने भएको हो।
अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न मिल्ने बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटनका लागि तयार भएको छ। संघीय सरकार सहरी विकास मन्त्रालयले १ अर्ब ११ करोडको लागत सम्मेलन केन्द्र निर्माण गरेको हो।...
आफू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पहिचान एवं अधिकारसहितको संघीयताको पक्षमा रहेको र माओवादी केन्द्रको पनि धारणा मिलेकाले आगामी संघ र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरिएको पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुरामको तर्क।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्।
कार्यालयका अनुसार यही भदौ १३ गतेदेखि १८ गतेसम्म अद्यावधिक गरिने छ। कार्यालयका प्रमुख भीमसेन कार्कीले भदौ १२ गतेसम्म सम्पूर्ण वडामा नामावली पुगी सक्ने छ।
कैलाली–५ वा कञ्चनपुर–३ बाट प्रधानमन्त्रीपत्नी आरजु उठ्ने चर्चा चलिरहँदा कैलाली र कञ्चनपुरमा राम्रो पकड जमाएको एनयूपीसँग तारन्तार छलफलमा जुटिरहेको छ कांग्रेस।
पहिलो चरणको यो अभियान शुक्रबारदेखि भदौ २४ गतेसम्म चल्ने छ। मंसिर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेसले सबै जिल्लामा प्रतिनिधि खटाएको हो।