बुधबार, असार ३, २०८३

आचारसंहितामा कडाइ गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

प्रमुख आयुक्त थपलियाले पोखरामा शनिबार आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै आचारसंहिताको उल्लंघन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गरे।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशन दिएका छन्। प्रमुख आयुक्त थपलियाले पोखरामा शनिबार आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै आचारसंहिताको उल्लंघन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गरे।

National life

उनले आयोगले तोकेका अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लंघन गर्ने उम्मेदवारलाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्न निर्देशन दिए ।उम्मेदवारबाट चित्त बुझ्दो जवाफ पेस नभएमा उम्मेदवार रद्द गर्ने समेतको अधिकार निर्वाचन आयोगलाई भएकोले त्यससम्बन्धी विवरण स्पष्ट खुलाइ आयोगमा लेखिपठाउन उनले निर्देशन दिएका हुन्। 

प्रमुख आयुक्त थपलियाका अनुसार निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर आयोगले निर्वाचन आचारसंहिता, २०७९ निर्माण गरेको छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा ४६ मा ‘कसैले आचारसंहिता उल्लंघन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रु एक लाखसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ।’

कर्मचारीले निर्वाचन सम्पन्न नहुँदासम्म सामाजिक सञ्जाल प्रयोगमासमेत सचेतता अपनाउन उनको आग्रह थियो । 

बैठकमा कास्कीका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेल, कास्कीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला आचारसंहिता अनुगमन समितिका सह–संयोजक टेकबहादुर केसी, सदस्य प्रहरी उपरीक्षक अजय केसी, उप–अनुसन्धान निर्देशक मनोज ढकाल, अनुगमन अधिकृत रामजी शर्मा र सदस्य सचिव हुमनाथ पराजुली लगायतले निर्वाचन आचारसंहिता पालना गर्नगराउन सञ्चालन गरिएका गतिविधिका बारेमा जानकारी गराएका थिए। 

Shivam cement

प्रकाशित: Oct 15, 2022| 16:39 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...