मंगलबार, असोज १३, २०८३

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि

 |  मंगलबार, असोज १३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०८३

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि धकेलिएको छ। महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको हो।

असोज १६–१९ मा काठमाडौंमा हुने तय भएको महाधिवेशन १८ गतेका लागि सारिएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ। 

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले महाधिवेशन दुई दिनपछि सारिएको जानकारी दिए।

‘नेपाली कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन्,’ दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको पनि उनले बताएका छन्। 

१५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ। महाधिवेशन अन्तर्गत अधिवेशन शृङ्खला यही असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो। वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ।

प्रकाशित: Sep 29, 2026| 14:10 मंगलबार, असोज १३, २०८३
प्रतिक्रिया दिनुहोस्