मंगलबार, असोज १३, २०८३

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

 |  मंगलबार, असोज १३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०८३

काठमाडौं- जापानमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएको छ। 

लगातारको बर्षापछि जापानको निसिन सहरस्थित कोरोगी खेलकुद पार्कमा हुने यो खेल रद्ध भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने श्रीलंका वरीयतामा नेपालभन्दा माथि रहेका कारण सेमिफाइनलमा पुगेको छ। अब श्रीलंकाले फाइनल प्रवेशका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि सोमबार हुनुपर्ने दुवै क्वाटरफाइनलका खेल बर्षाले रद्ध भएपछि भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने अफगानिस्तान र हङकङ बाहिरिएका थिए।

प्रकाशित: Sep 29, 2026| 06:53 मंगलबार, असोज १३, २०८३
प्रतिक्रिया दिनुहोस्