काठमाडौं- नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा जापानलाई १५० रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको हो। बर्षाले प्रभावित यो खेल १५-१५ ओभर खेलाइएको छ।
नेपालका लागि सन्दीप जोराले अविजित ५७ रन बनाएका थिए भने लोकेश बमले आक्रामक ब्याटिंग गर्दै २२ बलमा ५२ रन बनाएका थिए। त्यस्तै, आसिफ सेखले २१ रन बनाए भने कुशल भुर्तेलले ४, कुशल मल्ल र गुलशन झा ले २-२ रन बनाएका थिए।
त्यस्तै जापानका बलर इब्राहिम तकाहाशी, जेक कुसुदा नैरन, रेओ सकुरानो थोमस र डेक्लान सुजुकीले एक एक विकेट लिएका थिए।