काठमाडौं। नेपालको टी-२० वरियतामा दुई स्थानको सुधार आएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)ले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपालको २ स्थानको सुधार आएको हो।
नेपाल १६औं स्थानबाट १४औं स्थानमा उक्लिएको छ। नेपाल लामो समयदेखि १६औं स्थानमा यथावत रहेको थियो। नेपालले आजै एशियाली खेलकुद अन्तर्गत अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो।
टी–२० अन्तर्राष्ट्रियको शिर्ष स्थानमा भारत रहेको छ। अफगानिस्तान आज नेपालसँग हारेपछि एक स्थान तल झरेर १०औं स्थानमा ओर्लिएको छ भने श्रीलंका नवौं स्थानमा उक्लिएको छ।