शुक्रबार, असोज ९, २०८३

फेलिक्सको निर्णायक गोलमा वेल्समाथि पोर्चुगल विजयी

 |  शुक्रबार, असोज ९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०८३

काठमाडौं- पोर्चुगलले युईएफए नेसन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ। गएराती लिस्बनमा भएको खेलमा पोर्चुगलले वेल्सलाई १–० गोलले पराजित गरेर विजयी शुरुवात गरेको हो।

पोर्चुगलको जितमा जोआओ फेलिक्सले निर्णायक गोल गरेका थिए। उनले खेलको २२औँ मिनेटमा गरेको प्रहार वेल्सका कप्तान बेन डेभिसलाई लाग्दै गोलमा परिणत भएको थियो।

पोर्चुगलले खेलमा लगातार दबाब बनाए पनि थप गोल गर्न भने सकेन। क्रिस्टियानो रोनाल्डोले गोलका लागि सात पटक प्रयास गरेका थिए भने उनको दोस्रो हाफको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड भन्दै रद्द गरेका थिए। वेल्सले बराबरीका लागि अवसर पाए पनि गोल गर्न सकेन। ब्रेनन जोन्सनको प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो भने अर्को अवसरमा रुबेन डियासले गोललाइनबाट बल क्लियर गरेका थिए।

पोर्चुगलले अब अर्को खेल सेप्टेम्बर २८ मा नर्वेसँग खेल्ने छ भने अक्टोबर २ मा डेनमार्कसँग खेल्ने छ। त्यस्तै, वेल्सले सेप्टेम्बर २७ मा डेनमार्कसँग र अक्टोबर २ मा नर्वेसँग खेल्ने तालिका रहेको छ।

प्रकाशित: Sep 25, 2026| 07:44 शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्