काठमाडौं- जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ को पहिलो खेलमा अफगानिस्तानले आयोजक जापानलाई ४८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
निसिनस्थित कोरोगी खेलकुद पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १३० रनको लक्ष्य पछाएको जापानले १९.३ ओभरमा अल आउट हुदै ८१ रन मात्र बनाएको थियो।
यसअघि अफगानिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो।
जापानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। अफगानिस्तानले सुरुवातमा केही संयमित ब्याटिङ गरे पनि मोहम्मद अक्रम र करिम जनातको महत्वपूर्ण योगदानमा सम्मानजनक योगफल खडा गरेको थियो।
यससँगै अफगानिस्तानले समूह ‘ए’ मा महत्वपूर्ण २ अंक जोडेको छ। समूहमा अफगानिस्तान, नेपाल र जापान रहेका छन्। अफगानिस्तानले अब अर्को खेलमा शुक्रबार नेपालसँग प्रतिस्पर्धा गर्ने तालिका छ।