काठमाडौं- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ गोलले पराजित गर्दै लिगमा आफ्नो शतप्रतिशत सुरुआत कायम राखेको छ।
सिटीको जितमा एन्टोइन सेमेन्कोले दुई तथा एनजो फर्नान्डेज, रायन शेर्की र इर्लिङ हालान्डले एक गोल गरेका थिए। सन्डरल्यान्डका ब्रायन ब्रोबीले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
घरेलु मैदानमा भएको खेलमा फर्नान्डेजले नवौँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि ब्रोबीले सन्डरल्यान्डका लागि बराबरी गोल गरे। २९औँ मिनेटमा शेर्कीले गोल गर्दै सिटीलाई पुनः अगाडि बढाए पनि ब्रोबीले ३३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए। पहिलो हाफ सकिनुअघि सेमेन्कोले गोल गरेपछि सिटी ३–२ ले अगाडि रह्यो। खेलको ५७औँ मिनेटमा सेमेन्कोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ४–२ बनाए। त्यसको दुई मिनेटपछि ब्रोबीले ह्याट्रिक पूरा गर्दै सन्डरल्यान्डलाई पुनः खेलमा फर्काए।
तर ८१औँ मिनेटमा हालान्डले गोल गरेपछि सिटीले ५–३ को जित सुनिश्चित गरेको थियो। यस गोलसँगै हालान्डले आफूले प्रिमियर लिगमा खेलेका सबै २५ विपक्षी टोलीविरुद्ध गोल गर्ने कीर्तिमान पनि पूरा गरेका छन्।
यो जितपछि सिटीको ५ खेलमा १५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ। त्यस्तै सन्डरल्यान्डको भने ५ खेलमा ४ अंक रहेको छ र हाल १४औं स्थानमा छ।